Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट ३४ को मृत्यु

कोरोनाबाट ३४ को मृत्यु


काठमाडौं, असार २१
नेपालमा कोभिड–१९ बाट शनिबारसम्म ३४ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या १५ हजार चार सय ९१ पुगेको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा थप दुई सय ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २३ वटा प्रयोगशालामा चार हजार ५० जनाको आरटिपिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्ख्या ३३ हजार एक सय २५ रहेको छ ।

त्यसैगरी आइसोलेसनमा रहेकाको सङ्ख्या नौ हजार ४२ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ७२ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार चार सय १५ रहेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मन्त्रालयको दुईवटा कल सेन्टरबाट आठ सय ३२ वटा कल आएको छ ।

स्वास्थ्य एप्लिकेसन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार दुई सय एक पुगेको छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८७ हजार पाँच सय ५० छन् । त्यसमा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार ७३ छ । शनिबारमात्रै एक सय ५१ जनाले इन्ट्री गरेका छन् । त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या पाँच सय १७ छ । सार्क देशहरूमध्ये कोरोना परीक्षण दर प्रतिदश लाख जनसङ्ख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेशभन्दा अगाडि रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x