बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीद्वय ज्यापु र बुुढाथोकी पक्राउ
काठमाडौं, असार २१
केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा फरार रहेका दुुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार बैंकिङ कसुरको अभियोगमा फरार रहेका दुुई व्यक्तिहरुलाई यही असार १६ गते र १८ गते फरक फरक ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ पैयुँटार बस्ने ४४ वर्षीय प्रकाश बुढाथोकी रहेको प्रवक्ता पाण्डेले जानकारी दिए । सोमध्ये ज्यापुलाई भक्तपुर ठिमीबाट यही असार १६ मंगलबार र बुढाथोकीलाई काठमाडौं कपनबाट यही असार १८ गते बिहीबार प्रहरीले पक्राउ गरिएको हो ।
प्रवक्ता पाण्डेका अनुसार पक्राउ परेकामध्ये ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैदको फैसला गरेको थियो । यसैगरी बुुढाथोकीलाई पनि उच्च अदालत पाटनको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर गरेको थियो । अदालतको उक्त फैसला सार्वजनिक भएलगत्तै उनीहरु फरार रहेका थिए । अनुुसन्धानका क्रममा उनीहरुले आफ्नो खातामा रकम मौज्जात नभएको भन्ने जानी–जानी रकम भुक्तानको लागि चेक काटी दिएको र उक्त चेकहरु बैंकबाट भुक्तान हुन नसकी चेक बाउन्स भएको खुलेको प्रवक्ता पाण्डेले बताए ।
पक्राउ दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको प्रवक्ता पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार इन्द्र कट्टेलको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी राम ज्यापुु भएको मुुद्दामा ज्यापुु दोषी ठहर भएका हुुन भने निरणसिंह लामाको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी प्रकाश बुुढाथोकी भएकोमा मुुद्दामा बुुढाथोकी दोषी ठहर भएका हुुन । पक्राउ परेका दुुबै व्यक्तिहरुलाई फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता पाण्डेले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया