कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिष्थापन गर्नुपर्नेमा जोड दिएकी छन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्दै उनले बढ्दो आयातलाई आयात प्रतिष्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिईन् ।
उपाध्यक्ष विमला घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो संभावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको बताईन् । सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्नेमा उनले जोड दिईन् । ‘नेपालमा कृषि उत्पादन बढाउने संभावना छ तर उत्पादन बृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उनले भने, ‘खाद्यान्न, फलफूल, दुध र मासु उत्पादन बढाउन सकेमा बैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ ।’ तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिष्थापन गर्ने र निर्यात बढाउने हुनुपर्ने उनको भनाइ थियो ।
प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा भैंसीका बिकास कार्यक्रमको समेत उनले अनुगमन गरेकी थिइन् । साथै उनले अनुसन्धान केन्द्रले सिमित स्रोत साधनको बावजुद अनुसन्धानका क्षेत्रमा गरेको प्रयासको सह्रना गर्दै समस्याहरू समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाईन् । अवलोकनमा राष्ट्रिय सभाकी सदस्य रुक्मिणी कोइराला लगायत स्थानिय तहका जनप्रतिनिधी पनि सहभागी थिए । अनुसन्धान केन्द्रका प्रादेशिक प्रमुख गोविन्द तिम्सिना र जुट बिकास कार्यलयका प्रमुख सन्तोष त्रिपाठीले कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ – उपाध्यक्ष घिमिरे
- नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी
- गैरबैंकिङ सम्पत्तिमा सर्वोच्चको व्याख्या
- फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्ष छान्ने काम
- सुनजस्तो देखिने आठ किलो धातुसहित दुई भारतीय नागरिक पक्राउ
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया