फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ ।
कच्ची अवस्थामा सञ्चालित बाँझेच्यानडाँडादेखि चखेवाभञ्ज्याङसम्म (दश किलोमिटर) सडक अविरल वर्षाका कारण बिग्रिएर अवरुद्ध भएपछि पुनः सञ्चालनमा ल्याउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायलगायतले दुई दिन लगएर मर्मत गरेका हुन् ।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल यही असोज १२ गते दिउँसो आएको भीषण बाढीले बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्णरुपमा अवरुद्ध छ । मोटरेबल पुलका कारण अवरुद्ध सडक मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएपछि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राईको नेतृत्वमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा ल्याउन श्रमदान गरिएको हो । अवरुद्ध सडक सर्वपक्षीय टोलीले दुई दिन लगाएर मर्मत गरेपछि पुनः सञ्चालनमा आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।
“चाडपर्वको पूर्वसन्ध्यामा फोक्सिङटारको पुल बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्वी तराईबाट जिल्ला प्रवेश गर्ने सबैभन्दा छोटो मार्गमा पर्ने दिक्तेल–गाईघाट सडक फोक्सिङटार पुलका कारण अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक उपयोग गर्नुपर्ने बाध्यता सिर्जना भयो”, उनले भने, “अविरल वर्षाका कारण दिक्तेल–चखेवाभञ्ज्याङ सडकसमेत हिलो, पहिरो र खाल्डाखुल्डीले हिँड्नै नसकिनेगरी बिग्रिएको थियो । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक अवरुद्ध भएपछि दुई दिन लगाएर ग्राबेल बिच्छ्याइएसँगै यात्रा गर्न मिल्ने बनाएका छौँ ।”
राससका अनुसार अवरुद्ध सडक मर्मतका लागि डिभिजन वन कार्यालय खोटाङ, सिँचाइ, स्वास्थ्य कार्यालय, हलेसी पेट्रोल पम्प लगायतले मेसिनरी औजारमा प्रयोग हुने इन्धन उपलब्ध गराएको थियो । शुक्रबार र शनिबार सञ्चालन गरिएको श्रमदानमा छसय लिटर डिजेल खर्च भएको जिल्ला समन्वय प्रमुख राईले जानकारी दिएका छन् ।
जनप्रतिनिधिले सञ्चालन गरेको श्रमदानमा जिल्लास्थित निर्माण व्यवसायी, साकेला गाउँपालिका, मध्यपहाडी लोकमार्ग, सडक डिभिजन कार्यालय लगायतले टिपर, डोजर, ट्याक्टरलगायतका उपकरण उपलब्ध गराएको थियो ।
फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल २०७९ साल पुसमा सञ्चालनमा ल्याइएको थियो । खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको उक्त मोटरेबल पक्कीअसोज–१२ गते आएको भीषण बाढीले बगायो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया