Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपानीमा डुबेको विद्युतीय गाडी पड्किन सक्ने

पानीमा डुबेको विद्युतीय गाडी पड्किन सक्ने


काठमाडौं । पछिल्लो वर्षहरुमा खहरे बाढीजसरी नै नेपालको अटो बजारमा आएको विद्युतीय गाडीहरुमा अर्को गम्भीर समस्या रहेको पाइएको छ ।

चीनबाट अत्यधिक मात्रामा आयात भइरहेका विद्युतीय गाडी पूर्ण वा आंशिकरुपमा मात्र डुबेको छ भने समेत त्यस्तो गाडी नचलाउन गाडी बिक्रेता कम्पनीहरुले आन्तरिक सर्कुलर गरेसँगै विद्युतीय गाडीमा भएको अर्को गम्भीर समस्या बाहिर आएको हो ।

गाडी बिक्रेता कम्पनीहरुले गाडीमा हुनसक्ने सम्भावित समस्यामा यस प्रकारको समस्या नभनी बिक्री गर्दै आएकोमा गत असोज १२ गते शनिबार आएको बाढीमा ठूलासँगै साना विद्युतीय गाडीहरु डुबेर स्टार्ट नै नहुने समस्या आएपछि गाडी खरिदकर्ताहरुले बिक्रेता कम्पनीसँग गाडीको समस्याबारे जानकारी गराएपछि बिक्रेता कम्पनीहरुले गाडी स्टार्ट नगर्न र आफ्नो वर्कसपहरुमा पनि गाडी नल्याउन आग्रह गरेसँगै विद्युतीय गाडीको समस्या सतहमा आएको हो ।

विद्युतीय गाडी बिक्रेता कम्पनीका एक प्रतिनिधिका अनुसार पानीमा डुबेको विद्युतीय गाडी स्टार्ट गर्दा पड्कने, सर्ट सर्किट हुनसक्नेलगायतका कारणहरुले ठूलो आगलागी समेत हुनसक्ने भएका कारण बिक्रेता कम्पनीहरुले गाडी आफ्नो वर्कसपमा नल्याउन भनेका हुन् । त्यसरी गाडीमा सर्क सर्किट भएका र त्यसले गाडीमा प्रयोग भएको सेन्सरले समेत काम नगर्ने र त्यसको मर्मत खर्च अत्यधिक हुनसक्ने बताइएको छ ।

गत शनिबार आएको बाढीमा काठमाडौंमा मात्र करिब ६०० गाडी डुबेको र त्यसमा ठूलो मात्रामा विद्युतीय गाडी समेत रहेको तथ्य बाहिर आइरहेको छ । आयातित पेट्रोल प्रयोगलाई निरुत्साहित गर्दै स्वदेशी विद्युतको अत्यधिक प्रयोग बढाउने उद्देश्यले भन्सारमा समेत विशेष सहुलियत पाएपछि नेपालमा मुख्यतया चीनमा उत्पादिन विभिन्न ब्रान्डका विद्युतीय गाडी अत्यधिक मात्रामा आयात हुँदै आएको छ ।

विद्युतीय गाडीमा लाग्ने ब्याट्री व्यवस्थापनको चुनौतीसँग लडिरहेको विद्युतीय गाडीको व्यापारमा आएको अत्यधिक बाढीमा प्राकृतिक बाढीले केही मात्रामा धक्का दिएको व्यवसायीहरुले बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x