Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशबाढीबाट क्षति भएका संरचनाको छिटो मर्मत गर्न आग्रह

बाढीबाट क्षति भएका संरचनाको छिटो मर्मत गर्न आग्रह


काठमाडौं । कोशी प्रदेश सरकारले हालै आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट भएको सडक पुललगायतका क्षतिलाई दशैं अगाडि नै मर्मतसम्भार गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाढी पहिरोबाट भएको क्षतिहरूको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयले दशैं अगाडि गर्न सक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिएको बताए । प्रदेशका राजनीतिक दलहरूले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै उनले कार्कीले नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्न सक्ने कार्यको थालनी गरिसकेको जानकारी दिए । यस विपद्को घडीमा राहत, घाइतेहरूको निःशुल्क उपचार, बेपत्ताहरूको खोजी र विस्तापितहरूको पुनस्र्थापना, बालीनालीको क्षतिपूर्ति पनि उपलव्ध गराउन प्रदेश सरकार तयार रहेको उनले बताए ।

प्रदेश सरकारले विशेष विपत् प्राधिकरण गठन गरी उद्धार, राहत पुनर्स्थापना र पुनर्निर्माण कार्य सुरु गर्न केही ढिलाइ भएको उनले स्वीकार गरे । गत असोज ११ र १२ गतेको वर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं विकास निर्माण संरचना सरकारलाई राहत कार्यमा लाग्न राजनीति दलहरूले ध्यानाकर्षण गराएका थिए । सो अवसरमा प्रदेशका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x