Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसप्तकोसीमा जलसतह घट्दै गएपछि ‘जेटबोट’ पुन: सञ्चालनमा

सप्तकोसीमा जलसतह घट्दै गएपछि ‘जेटबोट’ पुन: सञ्चालनमा


धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबारदेखि पुनः सञ्चालन सुरु गरिएको बताए ।

वर्षाका कारण केही समय अगाडि जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको जानकारी दिदै उनले चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको बताए । हाल सुनसरीको चतरादेखि बराहक्षेत्रहुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।

प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले सोमबबार विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर निरीक्षण गरेका थिए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x