Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस


काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो आर्थिक वर्षमा सम्पादन गरेका कामहरूसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो भने ।

“थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, वेशभूषा, परम्परा, सभ्यता र संस्कार रहेको छ”, उनले भने, “आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x