सिरहाको लहानमा रिक्सा व्यवसायीले गरे प्रदर्शन
सिरहा, असार २१
लकडाउनबाट प्रभावित सिटी रिक्सा चालकहरुले रिक्सा चलाउन दिन माग गर्दै सिरहाको लहानमा सरकारविरुद्ध विरोध प्रदर्सन गरेका छन् । लकडाउनको कारण रोजगारी गुमाएका सिटी रिक्सा चालकहरुले रिक्सा सञ्चालन गर्न दिन, बैकको कर्जाको व्याज छुट दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपालमा लकडाउन भएको तीन महिना वितिसक्दा पनि सरकारले मजदुर तथा श्रमिक वर्गलाई कुनै राहत प्याकेज नल्याएको उनीहरुको आरोप छ । लकडाउनले दिनभर मजदुरी गरेर बिहान बेलुका छाक टार्ने श्रमिक वर्ग सबैभन्दा बढी मारमा परेको रिक्सा चालक शिव कुमार महतोले बताए । नेपालमा लकडाउन खुकुलो भए पनि सिटी रिक्सा श्रमिकहरु मारमा परेको उनको भनाइ छ । तीन महिनादेखि रिक्सा चलाउन नपाउदा परिवारको छाकटार्न गाह्रो भएको महत्तोले बताए ।
रिक्सा किन्दा धेरैले बैंकबाट ऋण लिएको र यति लामो समयसम्म चलाउन नपाउदा बैंकको व्याज तिर्न ठूलो समस्या भएको उनको बताए । सिरहाको लहान नगरभित्र रहेका ९६ जना रिक्सा व्यवसाय गरेर जीविकोपार्जन गर्ने रिक्सा चालकहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले लहानको पुरानो बसपार्कदेखि विरोध -याली सुरु गरी लहान बजार परिक्रमा समेत गरेका थिए । रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति सञ्जय उपाध्ययले रिक्सा व्यवसाय सञ्चालन गर्न दिन माग गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया