श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
दमौली (तनहुँ) । यहाँको भानु नगरपालिका–१ बोटेगाउँमा स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा उनको श्रीमान पक्राउ परेका छन् । प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई हत्या आरोपमा मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई मंगलबार गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको जनाएको छ । पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई छिमेकीले खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । प्रहरीले मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक अशोक थापाले मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया