Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयात्रुसँग बढी भाडा लिने ३१ जना पक्राउ

यात्रुसँग बढी भाडा लिने ३१ जना पक्राउ


काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हालसम्म ३१ जनलाई नियन्त्रणमा लिएर कारबाहीको लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाएको छ ।

मंगलबार मात्रै बल्खुबाट एउटा सवारी साधनसहित आठ जना, नयाँ बसपार्कबाट छ जना र कोटेश्वरबाट तीन जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै, सोमबार बल्खुबाट १० जना, नयाँ बसपार्कबाट दुई जना र कोटेश्वरबाट दुई जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा दुई वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिँदै आएको छ ।

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना–२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकताअनुसार जनशक्ति परिचालन गरिएको छ । यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा दुई जना चालक भए/नभएको, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितताजस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिए । गत असोज १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्री गर्दै गरेको अवस्थामा टिकटको ठेलीसहित एक जना पक्राउ परेका थिए ।

यात्राका क्रममा कसैले अनावश्यक दुःख हैरानी दिएमा बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x