घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताएका छन् । मुख्यमन्त्री शाहले सोमबार घोडाघोडीमा बन्दै गरेको धर्मशालाको निरीक्षणका क्रममा सो कुरा बताएका हुन् ।
धार्मिक तथा पर्यटकीय क्षेत्रले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठुलो लगानीमा धर्मशाला निर्माणाधीन अवस्थामा छ । राधाकृष्ण मन्दिर भागवत धर्मसेवा समितिको अगुवाइमा निर्माण हुदैगरेको उक्त धर्मशाला संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको छ ।
मुख्यमन्त्री शाहले घोडाघोडी ताल क्षेत्रको विकास जति हुनपर्ने हो त्यती हुन नसकेको बताएका छन् । २०७८ सालमा प्रदेश सरकारले चरा अभय आरण्य क्षेत्र घोषणा गरेर यहाँको सिमसार संरक्षणसँगै पर्यटकीय विकास गर्ने लक्ष्य लिएको शाहले बताए ।
समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले घोडाघोडी घुम्न र दर्शन गर्न आउनेहरुलाई सर्वसुलभ रुपमा बास बस्नका लागि दुई बर्ष अगाडि स्थानीयको पहलमा धर्मशाला निर्माण शुरु गरिएको जानकारी दिए । प्रदेश सरकारबाट २० लाख अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताए ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद न्यूरेले धर्मशालाको डिपीआर अनुसार राष्ट्रिय योजना आयोगले छुट्याएको बजेटले बन्दै गरेको भवन बाहेक अन्य निर्माणका कार्यमा रकम अपुग हुने भएपछि थप निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
- असोज २९ देखि कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने
- भोलिदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका गाडीहरु चल्ने
- सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या
- कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा
- अवरुद्ध सडक सुचारु भएसँगै पाथीभरामा तीर्थयात्रीको चहलपहल
- सिसौँको काठ अवैध रुपमा ओसारपसार गर्दा एकजना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया