Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगत वर्षको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने अनुमान

गत वर्षको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने अनुमान


काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्षको चौथो त्रैमासमा आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अवधिको तुलनामा आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको हो ।

चौथो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायात, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ गएको बताइएको छ ।

कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा एक प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । यसो हुनमा भने औद्योगिक क्षेत्रमा आएको सुधार रहेकोे बताइएको छ । समीक्षा अवधिमा कृषि, वन र मत्स्य क्षेत्र तीन दशमलव दुई प्रतिशत, खानी तथा उत्खनन क्षेत्र तीन दशमलव तीन प्रतिशत, उत्पादन क्षेत्र एक दशमलव एक प्रतिशत, खानेपानी र फोहोर व्यवस्थापन क्षेत्र एक दशमलव सात प्रतिशत, होलसेल र खुद्रा र सवारीसाधन मर्मत सम्भार क्षेत्र दुई प्रतिशत, यातायात र भण्डारण १० दशमलव नौ प्रतिशत, अतिथ्य र खाना सेवा क्षेत्र १२ दशमलव तीन प्रतिशत, वित्त र बीमा क्षेत्र छ दशमलव दुई प्रतिशत, घरजग्गा क्षेत्र तीन प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र तीन दशमलव तीन प्रतिशत, प्रशासन र सेवा क्षेत्र पाँच दशमलव आठ प्रतिशत, जनप्रशासन र सुरक्षा तथा सामाजिक सुरक्षा १० दशमलव आठ प्रतिशत, शिक्षा क्षेत्र दुई दशमलव नौ प्रतिशत, मानव स्वास्थ्य र सामाजिक कार्य तीन दशमलव आठ प्रतिशत र अन्य सेवा क्षेत्र चार दशमलव चार प्रतिशतले वृद्धिदर रहने अनुमान गरिएको छ । ऋणत्मक वृद्धिदरमा भने विद्युत् ग्यास, वाफ र एयर कन्डिसनिङ क्षेत्र तीन दशमलव छ प्रतिशत, निर्माण १३ दशमलव चार प्रतिशत र सुचना र सञ्चार क्षेत्र एक दशमलव छ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ ।

मौसमी प्रभाव समायोजित तेस्रो त्रैमासिक अवधिको तुलनामा चौथो त्रैमासिक अवधिमा कुल १८ वटामध्ये १६ वटा औद्योगिक क्षेत्रको उत्पादन बढेको देखिन्छ भने दुईवटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिन्छ । खानी तथा उत्खनन् क्षेत्रमा सबैभन्दा बढी २३ दशमलव चार प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछयाउँदै विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको छ । यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर नगण्य रुपमा शून्य दशमल एक प्रतिशत रहेको छ ।

उत्पादन क्षेत्रको तीन दशमलव छ प्रतिशत, विद्युत्, ग्यास, वाफा र ‘एयर कन्डिसिङ’ चार दशमलव दुई प्रतिशत, खानेपानी र फोहोरमैला व्यवस्थापन शून्य दशमलव पाँच प्रतिशत, होलसेल तथा खुद्रा व्यापार, सवारीसाधन मर्मतसम्भार तीन दशमलव पाँच प्रतिशत, अतिथ्य र खाना सेवा एक दशमलव आठ प्रतिशत, वित्त तथा बीमा क्षेत्र तीन दशमलव चार प्रतिशत, घरजग्गा शून्य दशमलव एक प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्षेत्र शून्य दशमलव सात प्रतिशत, प्रशासन र सहयोग सेवा क्षेत्र एक दशमलव तीन प्रतिशत, जनप्रशासना र सुरक्षा तथा सामाजिक सुरक्षा क्षेत्र एक दशमलव सात प्रतिशत र अन्य सेवा क्षेत्रहरू शून्य दशमलव छ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।

मौसमी प्रभाव समायोजित तेस्रो त्रैमासिक अवधिको तुलनामा चौथो त्रैमासिक अवधिमा ऋणात्मक वृद्धि हुने दुईवटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै सूचना तथा प्रविधि र यातायात तथा गोदामा क्षेत्र रहेको छ भने जसको ऋणात्मक वृद्धिदर क्रमशः चार दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहेको छ । सरकारले कर्जा विस्तारमा ध्यान दिएको भए आर्थिक वृद्धिदरमा अझै सुधार गर्न सकिने अर्थविद् केशव आचार्यले बताए । सरकारले लगानी बढाउने नीति लिन नसक्दा आर्थिक वृदिदर खुम्चिन पुगको हो, उनले भने, ‘सरकारले लगानी बढाउँदै युवाहरूलाई स्वरोजर हुने अवसर दिएमा अर्थतन्त्र राम्रो बनाउन सम्भव रहेको छ ।’ सरकारले कृषि, वन लगायतका क्षेत्रमा कर्जा विस्तार गर्न नसकेको विज्ञहरू बताउँछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x