Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी

गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिबी निवारणका लागि मन्त्रालयले एकीकृत कार्यक्रम बनाएर अघि बढ्ने तयारी गरेको बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा मन्त्रालयले आयोजना गरेको ‘नेपालमा गरिबी निवारणः अवस्था र आगामी मार्गचित्र’ विषयक प्रस्तुतीकरण कार्यक्रममा उनले गरिबी निवारणका सम्बन्धमा सरकारका निकायबीच नहुँदा कामको प्रभावकारिता कम देखिएकाले एकीकृत कार्यक्रम बनाएर अघि बढ्ने बताए । कार्यक्रममा उनले हालसम्म छ लाख नागरिकलाई राज्य सुविधा परिचयपत्र वितरण गरिएको जानकारी दिए । यस्तै, करिब दुई लाख ५० हजार परिचयपत्र वितरणको तयारीमा रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले गरिबी निवारणसँग सम्बन्धित नीति पुनरावलोकनको आवश्यकता रहेको बताए । लक्षित कार्यक्रम लक्षितवर्गले महसुस गर्नेगरी वितरण गरिने उनको भनाइ थियो । कार्यक्रममा उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका सरकारी निकायका करिब ५० जना सरोकारवालाको सहकभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x