Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथुनुवा मृत अवस्थामा फेला

थुनुवा मृत अवस्थामा फेला


चितवन, इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान ४ः४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ वजे मृत घोषणा गरिको हो । क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x