Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन

विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन


विराटनगर । नेपालीहरूको महान चाड दशैँको बिदाइ भएसँगै कोशी प्रदेशको राजधानीभित्रै बन्दजस्तै बनेको अवैध हुन्डीको कारोबार एक्कासी बजारमा बढ्दै गएको कुरा बताउन थालिएको छ । विराटनगरबाट केही वर्ष अगाडि हुन्डीको कारोबारी भनिएका अनुपचन्द्र सेठिया र उनका भतिजा ललित सेठिया पक्राउ गरी मुद्दा चलाएपछि बन्दजस्तो अवस्थामा पुगेको यो कारोबार लामो समयपछि अहिले दशैँको बेलादेखि हुन्डीको कारोबार पुनः विराटनगरमा बढ्न थालेको कुरा बताउन थालिएको छ । कोशी प्रदेशको राजधानीमै नेपाल सरकारबाट अवैध भनी प्रतिबन्ध लगाइएको हुन्डी व्यापारमा पछिल्लो समय सानादेखि ठूला व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति समेत संलग्न रहेको कुरा समाचार स्रोतले बताएको छ । अहिले बजारमा पुराना हुन्डीका कारोबारी बिस्तारै पलायन हुन थालेका छन् भने केही केही पुुराना हुन्डीका कारोबारीले कालोधनलाई सेतो बनाउने नयाँनयाँ रणनीतिहरू सुरु गरेका रहस्य खुलेका छन् । विराटनगरमा लामो समयदेखि हुन्डीको कारोबार गर्दै पाँच पाण्डवको उपमान पाएका कारोबारी सुरेन्द्र जोशी पछिल्लो समय आफूले आर्जन गरेको हुन्डी कारोबारको धनलाई सेतो बनाउन लागेको कुरा उनी निकटका केही कारोबारीले जानकारी दिएका छन् । विराटनगरबाट हुने हुन्डी कारोबारको ठूलो हिस्सा ओगटेर कारोबार गरेका जोशीले केही वर्षअगाडि मात्रै पार्टनरसिपमा मोटरपार्टसदेखि इन्भेटर र ब्याट्रीदेखि गाडीका ट्युबटायरको कारोबार सुरु गर्दै आएको कुरा हुन्डी कारोबारीले नै जानकारी दिएका छन । राजस्व अनुसन्धानदेखि मोरङ प्रहरीले समेत पटक–पटक छापा हान्दा समेत सेटिङ्गबाट निर्बाध हुुन्डीको कारोबार गर्दै आएका जोशी पछिल्लो समय विराटनगरबाट हुने हुन्डीको कारोबारीमा अग्रपङ्क्तिमा रहेको कुरा समाचार स्रोतले बताएका छन् ।

विराटनगरबाट हुने आयात तथा निर्यात व्यापारमा अत्यधिक मात्रामा हुने हुन्डीको कारोबारमा ठूला–ठूला उद्योगीदेखि सानासाना सामानको आयात गरेर सामान्य व्यापार गर्दै आएका विराटनगरका व्यापारीले समेत हुन्डीको साहारामा नै अन्डरविलिङको भुक्तानी व्यवस्था मिलाउने गरेको कुरा नाम उल्लेख नगर्ने सर्तका स्थानीय एक उद्योगीले जानकारी दिएका छन् । हुन्डी कारोबारी जोशीले पटक–पटक राजस्व र प्रहरीको छापा परिसकेपछि मनी चेन्जरको काउन्टर बन्द गरी निश्चित कर्मचारीमार्फत उद्योगी तथा व्यवसायीको अफिसमै गएर पैसा उठाउने र हुन्डीको कारोबारलाई निरन्तरता दिने गरेको जानकारी पनि ती उद्योगीले दिएका छन् । हुन्डीमार्फत पछिल्लो समय विराटनगरमा आफ्ना चार पाण्डवलाई पछि पार्दै कारोबारी सुरेन्द्र जोशीले हुन्डीको आफ्नो छुट्टै सञ्जाल नै बनाएको दाबी समाचार स्रोतले गरेका छन् ।

विराटनगर औद्योगिक एवं व्यावसायिक क्षेत्र भएकाले हुन्डी कारोबारीहरूका लागि उर्वर भूमि भएको कुरा जानकारहरू बताउँछन् । कारोबारी जोशीले आफूबाहेक विराटनगर भन्सारको पुरानो भन्सारमा समेत अर्को एक मनी चेन्जरमार्फत निर्वाध हुन्डीको कारोबारलाई निरन्तरता दिँदै आएको रहस्य पनि स्रोतले खोलिदिएका छन् । विराटनगरबाट हुने हुन्डी कारोबारको विवादमा तानिएसँगै विराटनगर हुन्डी कारोबारी जोशीले आफूले हुन्डी कारोबार छोडी सुरक्षित व्यापार गर्न थालेको बताएका छन् । तर उनले गरेको व्यापारी कारोबारमा लगानी गरेको करोडौँ रकमको आयस्रोत केहो भन्ने कुरामा स्वयं हुन्डी कारोबारी जोशी अनभिज्ञ रहेका कुरा उनका व्यावसायिक पार्टनरले बताउन थालेका छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x