Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार


काठमाडौं । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा–७ बाट चार जना, वडा– ६ बाट चार जना र वडा– १ बाट एक गरी आठ जना र सप्तकोशी नगरपालिका–१ बाट पाँच जनाको उद्धार गरिएको छ । उद्धार भएका ११ जना पुरुष र दुई जना महिलालाई आजै मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धार सेवामा रहनेछ ।

उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिद्वारा शुक्रबार बिहान संयुक्तरूपमा सचेतनामूलक र्याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चाडपर्वको समयमा सडकआश्रित मानवहरूको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताउँदै सहयोगका लागि सरोकारवाला सबैलाई आग्रह समेत गरे । साथै, उनले यात्राका क्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, विभिन्न संघसंस्थाबाट अपार माया र सहयोग पाएको भन्दै खुशी व्यक्ति गरेका छन् ।

भेटघाट कार्यक्रममा जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता एवम् पूर्वमन्त्री महेश प्रसाद यादवले मानवीय सेवामा समर्पित अभियान्ताहरूलाई धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारबाट हुने सहयोगका लागि पहल गर्ने तथा आफ्नोतर्फबाट समेत आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उक्त कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायतकोउपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x