बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस सञ्चालक पक्राउ
काठमाडौं । बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं टोखा नगरपालिका–२६ नयाँबसपार्कस्थित निमा गेस्ट हाउसका सञ्चालक नुवाकोट तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुजनले उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको, एक महिनासम्म गेष्टहाउसबाट बाहिर समेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबजरस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको छ ।
उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया