राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व सङ्कलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको राससलाई बताए । “साउनयता मासिक लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही वृद्धि भइरहेको छ”, उनले भने । गेत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब तीन करोड बढी राजस्व सङ्कलन भएको छ ।
भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् रु. १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गर्यो । दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् रु. १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु. १३ अर्ब ४७ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् रु. ११ अर्ब ८६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् रु. १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् रु. १४ अर्ब २७ करोड ४४ लाख राजस्व सङ्कलन गरेको थियो ।
क्याटेगोरी : समाचार, मधेश प्रदेश
ताजा अपडेट
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
- चीनको जीडीपी चार दशमलव छ प्रतिशत बढ्यो
- बजार परिसुचक २६ सय ९७ बिन्दुमा
- भिभो भी ४० लाइट नेपाली बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया