Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीद्वारा पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

प्रहरीद्वारा पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार


काठमाडौं । रास्वपाका कार्यकर्ताहरुले निषेधित क्षेत्रमा पसेर सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिए पछि रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन र नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले माइकिङ गर्दै अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ गरी सोही दिन राति पोखरा लगिएको थियो ।

सहकारी पीडितहरुले समेत आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन् । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x