गौशाला धर्मशाला विवाद संयमित प्रक्रियाबाट समाधान गर्न आग्रह
काठमाडौं । लामो समयदेखि पशुपतिस्थित गौशाला धर्मशालाबाट धार्मिक एवं सामाजिक सेवा प्रदान गर्दै आएको व्यवसायी समुदायलाई त्यहाँबाट बलपूर्वक हटाउन खोजिएको घटनाले यस नेपाल समुद्रपार निकासी पैठारी संघलाई चिन्तित बनाएको छ । यसलाई संघले देशको व्यापार व्यवसाय, रोजगारी र राजस्वमा अतुलनीय योगदान गर्दै आएको समुदायलाई विशुद्ध धार्मिक र सामाजिक सेवाबाट जबरजस्ती विमुख गराउने प्रयासको रूपमा लिएको छ ।
यो संघ कुनै पनि विवाद र समस्याको समाधान जबरजस्ती र मुठभेडबाट नभई शान्तिपूर्ण संवादको माध्यमबाट हुनुपर्छ भन्नेमा दृढ छ । गौशाला धर्मशालाको सम्बन्धमा अहिले सिर्जना भएको विवाद पनि वार्ताबाटै समाधान हुनुपर्ने संघको मान्यता रहेको छ । लामो समयदेखि गौशाला धर्मशाला सञ्चालन गरिरहेको व्यवसायीलाई उचित समय नै नदिई बलपूर्वक त्यहाँबाट हटाउने प्रयासलाई संघले अस्वाभाविक मानेको छ । यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको समुदायको मनोबल कमजोर बनाउन सक्ने जोखिमतर्फ पनि संघ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया