Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशबागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त


हेटौँडा । बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गरिएको छ । आइतबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशकमा कार्यरत रहेका थिए । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका १ का श्रेष्ठलाई प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम आयोगको अध्यक्षमा नियुक्त गरिएको जनाइएको छ । आयोगका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रम सोमबार हुने जनाइएको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x