परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनले भएको छ । मिश्रको ७० वर्षको उमेरमा आइतबार बिहान निधन भएको परिवारले जनाएको छ ।
मिश्र चार दशक बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय थिए । मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको परिसंघले जनाएको छ । ‘नेपालको पर्यटन उद्योगका विषयमा सधैँ चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ’, परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टेम्पल टाइगर ग्रुप एन्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसंघको उपाध्यक्ष हुनुभएको थियो । स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा परिसंघ गहिरो समवेदना अर्पण गर्दछ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
- साहस ऊर्जाको साधारणसभामा झन्डै हानाहान
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया