Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचापाकोटमा भएको बम विस्फोटमा गोविन्द पुरी पक्राउ

चापाकोटमा भएको बम विस्फोटमा गोविन्द पुरी पक्राउ


वालिङ । नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरीलाई स्याङ्जाको चापाकोटमा भएको बम विस्फोटको घटनामा प्रहरीले पक्राउ गरेको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोटमा रहेको पुरीको घरमा शनिवार साँझ सकेट बम विस्फोट भएपछि पुरी आफै सामान्य घाइते भएका थिए । पुरीलाई प्रहरीले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार पछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले ४५ वर्षीय पुरीको घरबाट ठुलो मात्रमा विस्फोटक पदार्थ भेटिएको जानकारी दिए । पुरीले दुई बर्ष अगाडि सेनाबाट अवकाश लिएका थिए ।

प्रवक्ता पौडेलले विस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान पुरीको घरबाट बरामद गरिएको जानकारी दिए । प्रहरीले बम बनाउने बारुद सहित अन्य विस्फोटक पदार्थ अवकाश प्राप्त नेपाली सेना भएका पुरीले कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको हो भन्ने अनुसन्धान पछि मात्रै खुल्ने जनाएको छ ।

विस्फोटबाट पुरीको तीन तले कच्ची घरमा क्षति पुगेको छ । प्रहरीले विस्फोट भएको घरमा प्रहरी र नेपाली सेनाको विशेष टोलीले अनुसन्धान तथा खोज गरेको जनाएको छ । शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरू सार्ने क्रममा सकेट बम विस्फोट भएको थियो ।

सुनवलमा बस्दै आएका पुरी दसैँमा टिका लगाउन घरमा आएको परिवारले जनाएको छ । विस्फोट भएको घरमा पुरीका बुवा आमा मात्रै बस्दै आएका थिए । प्रहरीले विस्फोटक पदार्थ आफैले राखेको ठहर भएमा पुरीलाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x