मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
विराटनगर । नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच सोमबार मुख्यमन्त्रीको कार्यालय विराटनगरमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्विस सरकार तयार रहेको र साझा हित तथा क्षेत्र मिल्ने परियोजनाहरूमा सहकार्य जारी रहने बताए ।
सो भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए ।
सल्लाहकार रवि खनालले स्विस सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूमा हालसम्म भएको प्रगति र आगामी सहकार्य, कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष–२०८२ का विषयमा समेत छलफल भएको जानकारी दिए ।
कोशी प्रदेशमा स्विस सरकारको सहयोगमा खानेपानी तथा सिँचाइ मन्त्रालयअन्तर्गत आठवटा पहाडी जिल्लामा साना सिँचाइ आयोजना, झोलुङ्गेपुल, प्राविधिक सहयोग तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत सीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरू सञ्चालनमा छन् ।
यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत सुशासनसँग सम्बन्धित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) र युवा उद्यमशीलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालन भइरहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
- भारतीय एयरलाइन्सहरुलाई बमको धम्कीले हैरान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया