जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
काँक्रेविहार (सुर्खेत) । जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सङ्घीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुनःनिर्माण, सहुलियत कर्जा उपलब्ध गराउने लगायतका विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ । राससका अनुसार प्रदेश सरकार मातहतको जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवासहित सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।
जाजरकोटका विभिन्न ठाउँमा रहेका काइननाईट, टुरमालीन जस्ता बहुमूल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमार्फत सङ्घीय सरकारकै कार्यक्षेत्र रहेको नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाटलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गरिएको छ । सङ्घीय सरकार मातहतका थलह चाँदे हुँदै जुम्ला जोडने सडक, थलह फूलकारी नदइडाव सडक, कुशे बाउली ढुङ्गा सडक, छेडा कचाली सडक, बारेकोट मुलसाव जुम्ला सडक निर्माण गर्न बजेट माग गरिएको छ ।
त्यस्तै सुयाडा, मष्टामन्दिर, पौराणिक स्तुपा निर्माणका लागि ध्यान दिन अनुरोध गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य अमरसिंह राठोरले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया