Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदनारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै

नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै


वीरगञ्ज (पर्सा) । यहाँको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ । वर्षौदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो ।

आगामी डिसेम्बरदेखि जनवरीसम्म नेपाल क्रिकेट सङ्घले मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो ।

सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले जानकारी दिए । एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । ‘‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौँ,’’ उनले भने, ‘‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’’

नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’’ उनले भने, ‘‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’’

पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक आठ लाख रुपैयाँ खर्च हुने क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले जानकारी दिए । मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ । अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे । ‘‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौँ,’’ उनले भने,‘ ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’’

मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले बताए । उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।


क्याटेगोरी : खेलकुद, समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x