Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल आएको भारतीय विमानमा बम राखिएको धम्की

नेपाल आएको भारतीय विमानमा बम राखिएको धम्की

भारतमा आठ दिनमा एक सय ७० भन्दा बढी विमानमा बम राखेको नक्कली सूचना


काठमाडौं । दिल्लीबाट उडेर साढे ४ बजे काठमाडौं आइपुगेको भारतीय विमान कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा केही समय अवरुद्ध भयो । तर केही समयमै बम भएको सूचना प्राप्त भएको विमानलाई अलग्गै राखी उडान नियमितरूपमा सञ्चालन गरियो ।

नेपाली सेनाको विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले विमानको खानतलासी ग¥यो । तर, विमानमा सूचना आएअनुसार बम फेला परेन । भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको सूचना ह्वाट्स एपमार्फत दिल्लीबाटै आएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी गरिएको र शंकास्पद वस्तु फेला नपरेको जानकारी दिए ।

करिब तीन घण्टा लगाएर नेपाली सेनाले गरेको अनुसन्धानबाट जहाज सुरक्षित र खतरामुक्त भएको पाइएपछि विमान फेरि दिल्ली उडेको थियो । भिस्ताराको यो जहाज मंगलबार अपराह्न दिल्लीबाट एक सय ५७ जना यात्रु बोकेर काठमाडौं आएको थियो ।

रोकिएन भारतीय विमानहरूमा बमको धम्की
केही दिनयता भारतीय एयरलाइन्सहरूमा बम राखिएको झुटो धम्की आइरहेको छ । यसले भारतीय विमानका यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा जोखिम निम्त्याएको छ । अहिलेसम्म जहाजहरू सुरक्षित अवतरण भए पनि धम्कीको शृङ्खला रोकिएको छैन ।

भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले हल्ला फैलाउनेलाई अत्यन्त कडा कारबाही गरिने चेतावनी दिएका छन् । अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरी अक्टोबर २२ सम्म एक सय ७० भन्दा बढी विमानलाई यस्तो धम्की दिइएको छ ।

मंगलबार मात्रै ५० भन्दा बढी उडानमा बमको धम्की आएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार इन्डिगो, विस्तारा र एयर इन्डिया (एआई)को घरेलु तथा अन्तर्राष्ट्रिय उडानमा यस्तो धम्की आएको थियो । मंगलबार एयर इन्डिया र इन्डिगोका १३/१३ उडान, एयर इन्डियाका १२ वटा र विस्ताराका ११ उडानलाई धम्की आएको थियो ।

भारतका नागरिक उड्डयन मन्त्री राममोहन नायडूले सबै धम्कीहरू नक्कली भएको भए पनि यस्तो हल्ला फैलाउनेहरूलाई हल्कारूपमा नलिने र यसविरुद्ध कडा कानुन ल्याउने तयारी भइरहेको बताएका छन् । उनले यस्तो धम्की दिनेहरूको नाम ‘नो फ्लाई लिस्ट’मा समावेश गर्न सकिने बताए ।

एक हप्तामा दुई अर्बबढीको नोक्सानी
विमानमा बम भएको सूचना पाएपछि एक हप्तामा दुई सय करोड भारुभन्दा बढीको नोक्सानी हुने अनुमान गरिएको छ । इन्धन खपत, विमानको रि–चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पु¥याउने व्यवस्था गर्दा खर्च बढेर जान्छ ।भारतमा विस्तारा, एयर इन्डिया, इन्डिको, अकासा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका उडानहरूमा धम्की आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x