Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् राहत वितरण गरिएको जनाइएको छ । यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । उक्त अवसरमा अध्यक्ष डा. बद्री केसीसहित संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x