Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुरिनटार जाँदै गरेको भ्यान दुर्घटना

कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना


काठमाडौं । धादिङको थाक्रे गाउँपालिका ६ मा काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान शुक्रबार दिउँसो दुर्घटना भएको छ भने ११ जना घाइते भएका छन् ।

एघारजना घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।

महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले करिब साढे १ बजेतिर बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको जानकारी दिए । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x