Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


न्युयोर्क। गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका चाप्टरको आयोजनामा न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परीसरमा एक कार्यक्रम गरी नेपाली चाडपर्व विजयादशमी, दिपावली, छठ,ल्होसार बलीहाङ् तङ्नाम्, सकेला, न्हुदँया भिन्तुनाको शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं भेटघाट कार्यक्रम आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय न्युयोर्कमा भव्यताका साथ सम्पन्न भयो।
अपराह्न करीब १ बजेबाट साँझ ५ बजेसम्म संचालित उक्त कार्यक्रममा समाजका विभिन्न तहतप्कामा रहनुभएका समाजसेवी महानुभाव लगायत फाउन्डेशन परीवारको निमन्त्रणालाई स्विकारी आउनुहुने महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
फाउन्डेशनका कार्यबाहक अध्यक्ष सुवर्ण लामाको सभापतित्वमा संचालित सो कार्यक्रमको संचालन फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले गर्नुभएको थियो। सो कार्यक्रममा न्युयोर्कका पुर्व महावाणिज्यदुत नारायण प्रसाद मैनाली, माईनोरिटी ईम्पाओरमेन्टका अध्यक्ष श्याम कार्की, तामांग समाज नर्थ अमेरीकाका अध्यक्ष मोहन वाईवा, तमांग समाज अमेरीकाका अध्यक्ष बुद्धिमान तामांग,एनआरएन न्युयोर्क च्याप्टरकी महासचिव गीता अधिकारी, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज थोकर,गोर्खा समाज अमेरिकाका अध्यक्ष अंजन श्रेष्ठ, वरिष्ठ समाजसेवी रतन लामा, यसै फाउन्डेशनका सल्लाहकार आदित्य महर्जन, समाजसेवी प्रेम विक्रम खड्का, समाजसेवी किशोर रेग्मी तथा पत्रकार विष्णु सैंजु, राज लामा लगायतले शुभकामना मन्तव्य राख्दै फाउनडेशनको यो शुभकामना आदान-प्रदान एवं जलपान कार्यक्रमले प्रवासमा नेपाल र नेपालीपनको सौहार्दता तथा आपसी स्नेहभाव बढाएको  र मनमा नेपाल बोकेर तनमा प्रवासमा रहेपनी यस्ता कार्यक्रमले आत्मीयता र भाईचारा बढाएको विषयमा सबैजसो बक्ता महानुभावहरूले जोडदिनुभयो।
कार्यवाहक सभापति सुवर्ण लामाले फाउन्डेशनले स्व. गिरिजावावुले भनेझैं सदा सहमति, सहकार्य र एकता लाई मुलमन्त्र मानी यही समाजको सहयोगकोलागी फाउन्डेशन लागीपरेको विषयमा जोड दिनुभयो।
उपस्थित सबै महानुभावहरूलाई वहाँहरूको व्यस्तताको बाबजुद समय निकाली फाउन्डेशन परीवारको निमन्त्रणालाई स्वीकार गरी आईदिनुभएकोमा  फाउन्डेशन अमेरीकाका केन्द्रीय सदस्य ध्रुव कुँवर क्षेत्रीले धन्यवाद मन्तव्य दिनुभएको थियो।फाउन्डेशन अमेरीकाका केन्द्रीय सदस्य प्रेम अधिकारी  र रेखा श्रेष्ठ एवं आजीवन सदस्य शेखर कार्की, पुर्ण तामागं, दावा शेर्पा लगायत स्वयंसेवकहरू कार्यक्रम व्यवस्थापन एवं अतिथि सत्कारमा लागिपर्नुभएको थियो।
टेष्ट अफ नेपाल न्युयोर्ककी संचालिका एवं फाउन्डेशन अमेरीकाकी केन्द्रीय सदस्य रेखा श्रेष्ठको सौजन्य एवं नेतृत्वमा स्वादिष्ट नेपाली खानाका परीकार तथा जलपान उपलब्ध गराईएको थियो भने वाग्लुगं सेवा समाजको सौजन्य सहयोगमा फर्निचर उपलब्ध गराईएको थियो। जिपि कोईराला फाउन्डेशन अमेरीका परीवार वहाँहरूको सहयोग प्रती हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछ।
स्मरण रहोस् चाडपर्वको अवसरमा यसरी जलपान एवं शुभकामना आदान-प्रदान कार्यक्रम नेपालमा पनी नेपाली कांग्रेस पार्टीले विसं २०४६ पछी विशेष परिस्थितिमा वाहेक सदा गर्दै आईरहेको र यस्ले देशका आम कार्यकर्ता र जनतामा सकरात्मक उर्जा एवं आपसी भेटघाट तथा पुनर्मिलनको वातावरण समेत बनाएको ईतिहास छ।जिपी कोईराला फाउन्डेशन अमेरीका परीवारले पनी प्रवासमा रहेका नेपालीबिच पुनर्मिलन एवं सौहार्दता बढ़ाउने उद्देश्यले विगत केहीबर्ष देखी यो कार्यक्रम गर्दै आएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x