Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा फरार दुुई प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा फरार दुुई प्रतिवादी पक्राउ


सुरेश राउत
काठमाडौं, असार २३
बैंकिङ कसुरमा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता वेल बहादुर पाण्डेका अनुसार बैैंकिङ कसुर मुुद्दामा फरार प्रतिवादीहरु राजमान सुनार र विश्वमर्दन बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रवक्ता पाण्डेका अनुसार काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १६ नयाँ बजार बस्ने ५५ वर्षीय सुनारलाई आइतबार काठमाडौंकै तारकेश्वरबाट पक्राउ गरिएको हो । पक्राउ परेका सुनारविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाँच दिन कैद र १४ लाख ६९ हजार छ सय ४० रुपैयाँ जरिवाना तोकिएको प्रवक्ता पाण्डेले बताए । पक्राउ परेका अर्का फरार प्रतिवादी ४१ वर्षीय बस्नेतलाई भने काठमाडौंको धर्मस्थलीबाट पक्राउ गरिएको हो । उनीउपर पनि बैंकिङ कसुरसम्बन्धी मुुद्दामा पाँच दिन थुुना र १३ लाख रुपैयाँ जरिवाना तोकिएको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डेका अनुसार दिपक कुमार विश्वकर्माको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजमान सुनार भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुुन २१ गतेको फैसलाले सुनारलाई पाँच दिन कैद र १४ लाख ६९ हजार छ सय ४० रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । यसैगरी वीर बहादुर गोलेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विश्वमर्दन बस्नेत भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुुन १८ गते बस्नेतलाई पाँच दिन कैद र १३ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

अदालतको उक्त फैसला सार्वजनिक भएलगत्तै सजाय बेरुजु रही फरार रहेका निज प्रतिवादीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट लुकिछिपी रहेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरिएकोमा फैसला कार्यान्वयनको लागि सोही दिन काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ । प्रतिवादीहरुले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानी जानी झुक्यानमा पारी रकम भुक्तानको लागि जाहेरवालाहरुलाई विभिन्न बैंकको नाममा रहेका चेक काटी हालसम्म फरार रहेका थिए । उनीहरुको सम्बन्धमा उच्च अदालत पाटनद्वारा यही फागुुन १८ गते र फागुुन २१ गते फैसला भएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार बैंकको पेन्सन तथा उपदान कोषमा रहेको रकम दुई सय ४१ दिने मुद्दती निक्षेपकोरुपमा २०७७ साउन १ गतेदेखि वि.सं. २०७७ फागुन २९ गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपको रुपमा राखिने कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि २४ करोड, विकास बैंकहरुको लागि चार करोड ५० लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुक बैंक तथा फाइनान्स कम्पनीहरुले यही असार २४ गते अपराह्न ४ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x