प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
काभ्रेपलाञ्चोक । गएराति जुवातास खेलिरहेका २१ जना पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार तीन सय १५ बरामद गरिएको जनाएको छ ।
प्रहरी निरीक्षक रमेश थापाले पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतबार म्याद थपको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसअघि बुधबार साँझ मात्रै प्रहरीले पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
- तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- सेयरबजार थप घट्ने सम्भावना कति ?
- विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
- निर्माण व्यवसायीलाई अघिल्लो वर्षको भुक्तानी दिन प्रधानमन्त्री सकारात्मक
- सरकारको प्राथमिकता नै युवालाई वैदेशिक रोजगारमा पठाउने
- देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया