Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध


वासिङ्टन डिसी । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर सरकार निर्माण भएको र सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहेका मन्त्री पौडेलले शनिबार नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा जनतामा रहेको निराशा चिर्दै आशा जगाउने र सुन्दर भविश्य निर्माणको लागि सरकारले प्रयास गरिरहेको बताए ।

अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालको ऊर्जा, पर्यटन, सूचना, प्रविधिलगयात उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए ।

‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईँहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईँहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्नेगरी कानुनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ’, उपप्रधानमन्त्री पौडेलले भने, ‘व्यक्तिगतरूपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु ।’

गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतानिक वाणिज्य दूतको रूपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उनले आफ्नो मातृभूमिप्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानुनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे । नेपालमा लगानीका लागि उच्च सम्भावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बताए । कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए ।

उपप्रधानमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकामा रहेएको अवसर पारेर नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अर्थसचिव डा. रामप्रसाद घिमिरे, कार्यबाहक राजदूत कुमार खरेललगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x