Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमोरङ औद्योगिक कोरिडोरका ग्रेनाइट उद्योग बन्द हुुने अवस्थामा

मोरङ औद्योगिक कोरिडोरका ग्रेनाइट उद्योग बन्द हुुने अवस्थामा


विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ग्रेनाइट उद्योग बन्द हुुने अवस्थामा पुगेका छन् । कोरिडोरमा चलिरहेका ग्रेनाइट उद्योग आफ्ना उत्पादन भारततर्फ निर्यात गर्ने तयारी गरिरहेका बेला भन्सार विभागले कच्चा पदार्थलाई तयारी वस्तु बराबरको महसुल लिने घोषणा गरेपछि ती उद्योगले सुरु गरेको निर्यातको प्रक्रिया रोकिएको छ ।

निर्यात रोकिन पुगेपछि उद्योग पनि बन्द हुने अवस्थामा पुगेको यहाँका उद्यागीहरूले बताउन थालेका छन् । एक उद्योगीले दिएको जानकारीअनुसार कच्चा पदार्थलाई तयारी वस्तुकै वर्गीकरणमा राखेर जाँचपास गर्नुपर्ने अडान विभागले नछाडेपछि ग्रेनाइट उद्योगहरू संकटमा परेका हुन् । कच्चा पदार्थ र तयारी वस्तुको आयात महसुलमा ठूलो अन्तर भएको भन्दै तयारी वस्तुको महसुल तिरेर उद्योग सञ्चालन गर्न नसकिने बरु बन्द गर्ने मनस्थितिमा उद्योगीहरू पुुगेको ती उद्योगीले बताए । मोरङको धनपालथान गाउँपालिकामा सञ्चालित पाथीभरा स्टोनेक्सका सञ्चालक एवं विराटनगर हार्डवेयर संघका अध्यक्ष प्रमोद जिन्दलले देशभरि चल्दै आएका १२ मध्ये सात उद्योग बन्द भइसकेको जानकारी दिए ।

उनले बाँकी पाँच उद्योग पनि कच्चा पदार्थको पुरानो मौज्दात रहेसम्म चल्ने र त्यसपछि बन्द हुुने दाबी गरे । जिन्दलले आफ्नो उद्योगमा दुुई हप्तालाई पुग्ने गरी कच्चा पदार्थको मौज्दात भएको र त्यसपछि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिए । उनले भने, ‘हामी भारतका विहार र पश्चिम बंगाल राज्यका केही स्थानमा निर्यात गर्न त्यहाँका व्यवसायीसित कुरा गरिरहेका थियौँ । उताबाट सकारात्मक जवाफ आएको थियो । तर भन्सार विभागको अर्कमण्यताका कारण अब निर्यात त होइन उद्योग नै बन्द हुने अवस्था आएको छ ।’ त्यस्तै, विराटनगरकै वन्डर स्टोनेक्सले पनि आफ्नो उद्योग बन्द भएको बताएका थिए ।

उद्योगीका अनुसार राजस्थानका खानी सञ्चालकले त्यही दुई सय टनको ढुंगालाई फेरि कटिङ गरेर मालवाहक गाडीमा राख्न सक्नेगरि २० देखि ५० टनसम्मको तौल हुने गरी काट्छन् र सम्बन्धित उद्योगमा पठाउँछन् । यता, नेपालको भन्सार विभागको महसुल दरबन्दी डकुमेन्टले मालवाहक गाडीमा राख्न सक्नेगरी २० देखि ५० टनसम्मको तौल हुने गरी चार पाटा मिलाएर काटिएको ढुंगालाई कच्चा पदार्थका रूपमा स्वीकार समेत नगर्दा नेपाली उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् । भन्सार विभागको वर्गीकरणमा ‘कच्चा वा मोटामोटी छाँटेको ढुंगा’लाई हार्मोनाइज्ड कोड २५१६११ दिइएको र यस्तो ढुंगा साफ्टाअन्तर्गत आयात गर्दा भन्सार महसुल सात दशमलव २५ प्रतिशत र भ्याट लाग्ने हुुँदा यसको कुल असर २१ दशमलव १९ प्रतिशत हुने जानकारी उद्योगी प्रमोद जिन्दलले दिएका छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x