धरान (सुनसरी) । यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।
साडी, बर्को, साबुन, ब्रस, लक्ताकपडा, चप्पललगायतका सामग्री वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले राससलाई जानकारी दिए । उनका अनुसार वडा कार्यलयको सिफारिसका आधारमा स्वास्थ्य संस्था, महिला स्वयम् सेविकाहरुसँग समन्वय गरी उनीहरुलाई उक्त सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख कार्कीले भने, “राहत सामग्री वितरणले विपद् प्रभावित गरिब परिवारलाई तिहारमा केही सहयोग मिल्ने छ ।” सोमबार बराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी श्रीलङ्का टप्पुबाट राहत वितरण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र नगर संयोजक रवीन घिमिरेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया