तस्करीमा संलग्न भारतीय कारसहित पक्राउ
झापा । भन्सार छलेको मदिराको ठूलो मात्रासहित एक भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले कारसहित मङ्लबार पक्राउ गरिएको जनाएको छ ।
नेपाली सुरक्षाकर्मीले पूर्वीनाकाबाट प्रवेश गरेको बिआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई रोकेर जाँच गर्दा कारमा फल्स बटम बनाइ डिकी लगायतका भागमा भारतीय महँगो मदिरा भन्सार छल्नका लागि लुकाइएको फेला पारेका थिए ।
कार चालक भारतीय नागरिक जीतेन्द्रकुमार पासवानलाई पक्राउ गरी इप्रका काँकडभिट्टामा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार उक्त कारभित्र नौ लाख ९८ हजार नौ सय मूल्य बराबरको ब्ल्याक माउन्टेन ह्वीस्कीलगायतका भन्सार छलिएको मदिरा बरामद गरिएको थियो ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ताजा अपडेट
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया