अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत
काठमाडौं । विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतमा जारी अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को अध्यक्षमा भारत चयन भएको छ ।
भारतको नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भारतले नेतृत्व लिएको हो । यस्तै, सहअध्यक्षमा फ्रान्स चयन भएको छ भने महानिर्देशकमा भारतका आशीष खन्ना निर्वाचित भएका छन् ।
सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल भएको नेपालबाट सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।
उक्त सम्मेलनका क्रममा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल जलविद्युत्को धनी देश भए पनि नेपालमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेकाले यसको सही सदुपयोग गर्नका लागि आईएसएको साथ र सहयोग आवश्यक रहेको बताए ।
ऊर्जामन्त्री खड्काले सौर्य ऊर्जाको विकासका लागि नीतिगत समन्वय र क्षमता अभिवृद्धिजस्ता विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमार्फत नेपालले धेरै फाइदा लिन सक्ने विश्वास व्यक्त गरे । उनले घर र कृषिको सौर्यकरणमा आईएसए सम्मेलन ठूलो अवसर समेत भएको बताए ।
मन्त्री खड्काले जलविद्युत् र सौर्य ऊर्जामार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताउँदै गठबन्धन देशबीचको सहकार्यबाट ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त सम्मेलनमा नेपालले राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायतका विभिन्न सात कार्यक्रममा आइएसएको साथ र सहयोगको अपेक्षा गरेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया