त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण
मोरङ । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र मंगलबार त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई हस्तान्तरण गरिएको छ ।
विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तारण गरेककी हुन् । पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टि¬ङ प्रेस २०१४ स्थापना गरेको वरिष्ठ पत्रकार मोहन भण्डारीले राससलाई बताए ।
त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताए । उनले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्र छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताए ।
मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गरे ।
राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शङ्कर खरेलको पहलमा उक्त मुद्रणयन्त्र विश्वविद्यालयले प्राप्त गरेको आमसञ्चार विभागका प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ताजा अपडेट
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
- त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण
- क्यानडाको हिन्दु मन्दिरमा भएको हिंसाको भारतद्वारा निन्दा
- ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
- स्पेनका राजारानीमाथि नागरिकले माटो हाने
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
- अधिकारी नास्टको आईसीटी उपसमिति सदस्य मनोनित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया