Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ

निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ


लेखनाथ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

रास्वपाको प्रदर्शन नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले कात्तिक ४ गते सहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय कास्की रहेको क्षेत्रमा निषेधाज्ञा जारी गरेका थिए । लामिछाने कात्तिक २ गते पक्राउ परेपछि ३ गतेदेखि नै रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ । लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अनुसन्धानका अरु काम बाँकी रहेकाले लामिछाने र जोशीको बयान सकिए पनि म्याद थपका लागि उपस्थित गराइएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x