‘स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौं’
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिएको बताए ।
आगामी मङ्सिर २५ गते आफ्नो चार वर्षे कार्यकाल पूरा हुन लागेको सन्दर्भमा आज आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तर्क्रिया कार्यक्रममा उनले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बीमा दर्ता तथा नवीकरण गर्न सक्ने व्यवस्था लागू गर्न सम्झौता गरिएको बताए ।
कार्यकारी निर्देशक डा. बसौलाले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले बीमा दाबी भुक्तानीमा समस्या भए पनि ऐन तथा कार्यविधिमै रहेर भुक्तानी गरिने बताउँदै हालको तीन महिनाको अन्तरमा भुक्तानी भइरहेको जानकारी दिए ।
स्वास्थ्य बीमालाई दिगो बनाउन गरिब तथा विपन्न परिवारको योगदान रकम सरकारले व्यहोरिदिने प्रयोजनका लागि गरिब परिवार परिचयपत्र यथाशीघ्र वितरण गर्ने, सूचना प्रविधिलाई स्तरोन्नति गरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का माध्यमबाट सञ्चालन गर्नुपर्ने, स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउनुपर्ने, बीमामा आबद्ध नभई सरकारबाट उपलब्ध गराइने कुनै पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध नगराउने गरी निःशुल्क स्वास्थ्य सेवालाई बीमासँग आबद्ध गर्ने सुझाव दिए ।
‘यो कार्यक्रम गरिब तथा विपन्न नागरिकको उपचार गर्ने निकै सहयोगी बनेको छ । हामी अहिले बीमा कार्यक्रमको सुरुआती चरणमा छौँ । विकसित देशहरूमा स्मार्ट कार्डबाट सेवा लिन पाइन्छ, हाम्रोमा पनि भविष्यमा त्यो लागू हुन्छ होला’, कार्यकारी निर्देशक डा बसौलाले भने ।
विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको यो कार्यक्रममा जनसङ्ख्याअनुसार ३० प्रतिशत आबद्ध भएका छन् भने नवीकरण दर ७९ प्रतिशत रहेको छ ।
क्याटेगोरी : बिबिध, समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 2
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया