Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशएमाले सांसद तामाङमाथि सहकारीको दुई अर्ब हिनामिना आरोप

एमाले सांसद तामाङमाथि सहकारीको दुई अर्ब हिनामिना आरोप


काठमाडौं : काठमाडौंमा रहेको नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अपचलनमा बागमती प्रदेश सभा सांसद ज्ञानबहादुर तामाङ मुछिएका छन् ।

२०७२ सालदेखि २०७८ साल सम्म सहकारीका अध्यक्ष रहेका तामाङले सहकारीको रकम अपचलन गरेर अध्यक्ष पदबाट बाहिरिएको आरोप लागेको हो।

हाल बागमती प्रदेश सभा सांसद रहेका तामाङले आफू सहकारीको अध्यक्ष हुँदा बचतकर्ताहरूको रकम हिनामिना गरेको पीडितले दिएका निवेदनहरूमा उल्लेख छ। उनले अध्यक्ष पद छोडेलगत्तै केही बचतकर्ताहरूले प्रदेशको राजधानी हेटौंडास्थित सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए।

२०७९ पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए।

२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा नेकपा एमालेको तर्फमा काभ्रेबाट समानुपातिक सांसद निर्वाचित भएपछि तामाङले सहकारीको अध्यक्ष पद छोडेका थिए। मंसिरमा सांसद बनेका उनले पुसमा सम्पन्न साधारणसभामा यसअघि सचिव रहेका राजकुमार लामालाई अध्यक्ष पद सुम्पेका हुन्।


क्याटेगोरी : बिशेष, बैंक बित्त बजार, समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x