मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । सहकारीको करिब २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको कास्की प्रहरीले बताएको छ ।
लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको हो ।
सहकारी ठगी कसुरमा संग्लन उनी लामो समयदेखि फरारको सूचीमा थिए । मित्रमिलन सहकारीको ठगी प्रकरणमा जोडिएका ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित सहकारीको क्षेत्र विस्तारको क्रममा घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल, लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी, लेखा समिति सदस्य पत्रकार अर्जुन गिरी लगायत यसअघि नै पक्राउ परेका थिए । पक्राउ परेका केही धरौटीमा छुटेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार, सहकारी–कृषि
ताजा अपडेट
- मानव तस्करीमा जापानबाट डिपोर्ट भएपछि मन्त्री अधिकारीले राजीनामा दिएको खुलासा !
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया