गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको पाइएको छ ।
प्रहरी वृत्त बौद्धले उक्त सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको हो ।
साढे २ करोडभन्दा बढी रकम ठगी गरेको खुलेपछि सोही अनुसार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त बौद्धले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा ठगी मुद्दा दायर गरेको हो ।
सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवालीले बिहीबार दायर गरेको मुद्दा आजदेखि तिहारको सार्वजनिक बिदा भएकाले तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ ।
क्याटेगोरी : बिशेष, बैंक बित्त बजार, समाचार, सहकारी–कृषि
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया