अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
वासिङ्टन डिसी,अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ट्रम्पले ५० राज्यका पाँच सय ३८ मध्ये दुई सय ७७ सिट पाएका छन । राष्ट्रपतिमा निर्वाचित हुनका लागि दुई सय ७० सिट आवश्यक थियो । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले दुई सय २४ इलेक्टोरल मत प्राप्त गरेकी छिन् ।
ट्रम्प पहिलो पटक २०१६ मा राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०२० मा जो बाइडेनसँग हार बेहोरे । पछिल्लो नतिजापछि ट्रम्प दोस्रो विश्वयुद्धपछि चार वर्षको अन्तरालमा पुनः राष्ट्रपति हुने पहिलो राजनीतिज्ञ बनेका छन् ।
यस्तै, ट्रम्प अमेरिकी इतिहासमा दुई पटक राष्ट्रपति चुनावमा महिला उम्मेदवारलाई पराजित गर्ने पहिलो नेता हुन् । अमेरिकामा यो सन् २०१६ र २०२४ मा दुई पटक मात्र भएको छ जब त्यहाँ महिला राष्ट्रपतिको उम्मेदवार बनिन् ।
संसद्को दुवै सदनमा ट्रमको पार्टीलाई बहुमत
ट्रम्पको पार्टी रिपब्लिकनले संसद्को माथिल्लो सदन सिनेटमा पनि बहुमत सिट जितेको छ । सिनेटमा एक सय सिटमध्ये प्रत्येक राज्यको दुई सिटको साझा छ । यसको एक तिहाइका लागि प्रत्येक दुई वर्षमा चुनाव हुन्छ । यस पटक ३४ सिटका लागि चुनाव भएको थियो । पछिल्लो नतिजासँगै रिपब्लिकन पार्टीले ५२ सिट जितेको छ । यसअघि ४९ सिट मात्रै थियो ।
तल्लो सदनमा हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि चुनाव भएको छ । तल्लो सदनका लागि प्रत्येक दुई वर्षमा चार सय ३५ सिटका लागि निर्वाचन हुन्छ । बहुमतका लागि दुई सय १८ सिट आवश्यक छ । बुधबार साँझसम्म रिपब्लिकन पार्टीले एक सय ९७ सिट र डेमोक्रेटिक पार्टीले एक सय ७७ जित हासिल गरेको छ । अन्य सिटमा लिएको अग्रताको आधारमा ट्रम्पको पार्टीलाई तल्लो सदनमा पनि बहुमत पुग्ने निश्चित छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया