करोडौं मूल्यका रुद्राक्ष यत्तिकै थन्कियो
रामहरी चौलागाइँ
काठमाडौँ, असार २४
कोरोना महामारीका कारण नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको करोडौं मूल्यबराबरका रुद्राक्ष यतिकै थन्किएको छ । गत मसिंर महिनादेखि चीनमा कोरोना भाइरस संक्रमण सुरु भएयता गरिएको लकडाउन र बन्द अन्तर्राष्ट्रिय उडानले नेपालमा संकलित भएको करोडौं मूल्यबराबरको रुद्राक्ष त्यसै थन्किएको हो । व्यापारीहरुले गाउँगाउँबाट किसानसँग खरिद गरी संकलन गरेको करोडौं मूल्यको रुद्राक्ष ठमेल र बौद्ध क्षेत्रमा त्यसै थन्किएर अलपत्र अवस्थामा रहेको भोजपुरका व्यापारी पुष्प घलेले बताए ।
उनका अनुसार साउनदेखि कात्तिक महिनासमम रुद्राक्षको सिजन चल्छ । झापातिर साउनदेखि नै रुद्राक्ष पाकेर यसको संकलन हुनथाल्छ भने पहाडी भेगतिर केही ढिलो हुन्छ । साउनदेखि मंसिर महिनासम्म संकलन गरिएको रुद्राक्ष खरिदको लागि फागुनदेखि व्यापारीहरुको चहलपहल सुरु हुने गरेको घलेले बताए । तर यसपालि सिजन सुरु हुनुअगावै कोरोना महामारी चलेपछि यसको व्यापार चौपट भएको छ । महंगोमा गाउँ–गाउँबाट संकलन गरेर काठमाडौं ल्याइसकेको रुद्राक्ष चिनियाँ व्यापार आउन नसक्दा थन्किन पुगेको छ ।
फागुन महिनादेखि चिनियाँ व्यापारीहरु रुद्राक्ष खरिदको लागि आउने गरेका थिए । तर अहिले कोरोना महामारीका कारण व्यापारीहरु नआएका कारण गोदाममा त्यसै थन्काएर राख्नुपरेको गुनासो उनको छ । अहिले संकलित रुद्राक्ष गोदाममा थन्किएर रहेको कारण मूल्यमा पनि गिरावट आएको छ । यसैको व्यापार गरेर परिवार र आफ्नो गुजारा चलाउँदै आएका व्यापारीहरु अलमलमा परेका छन् । उनीहरु कोरोना कहिले नियन्त्रण होला र व्यापारी आउलान् भनेर प्रतीक्षा गरेर बसेका छन् ।
नेपालको संखुवासभा, भोजपुर, धनकुटा र झापालगायतका जिल्लामा रुद्राक्षको व्यावसायिक खेती गरिँदै आएको छ । अन्य जिल्लाहरुमा भने व्यावसायिक रुपमा यसको खेती गरिएको छैन । घर आँगनमा सोख र धार्मिक हिसाबले मात्र रोप्ने प्रचलन भए पनि यसको महत्वको बारेमा त्यति ध्यान दिएको पाइँदैन । धार्मिक हिसाबले मात्र ठाउँअनुसार प्रयोगमा आउने गरेको पाइन्छ । नेपालमा यसको माग कमै रहेको छ । तर चीनमा भने यसको माग उच्च छ । नेपालमा उत्पादित अधिकांश रुद्राक्षको खपत पनि बढीजसो चीनमै हुन्छ ।
चीनमा मानिसहरुले गला र हातमा ब्रासलेट लगाएझैँ रुद्राक्ष पहिरिने गरेका छन् । खासगरी धनी वर्गमा यसको प्रयोग हुने गरेको बताइन्छ । १ किलो गुणस्तरीय रुद्राक्ष ३०–३५ लाख मूल्यसम्ममा खरिद बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । चीनबाट माग बढेपछि नेपालको पूर्वी पहाडी जिल्लाहरुमा यसको व्यावसायिक खेती गर्ने प्रचलन समेत हाल बढिरहेको छ । रुद्राक्ष पनि फरक–फरक गुण र प्रजातिका हुने व्यापारीहरु बताउँछन् । तसर्थ सबै रुद्राक्ष उच्च मूल्यमा बिक्री हुँदैन ।
तर पैसा आकारको ढ्याक प्रजातिका रुद्राक्षको दाना अत्यन्तै मूल्यवान् हुने व्यापारीहरुको भनाइ छ । उनीहरुका अनुसार चिनियाँ व्यापारीहरुले एकमुखे र यस्ता साना प्रजातिकालाई बढी नै मूल्य तिरेर खरिद गर्छन् । खोजेजस्तो उपयुक्त दाना फेला पारे भने चिनियाँ व्यापारीले जति पनि मूल्य तिर्न तयार हुन्छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया