एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जना विरुद्ध पक्राउ पुर्जि जारी भएको छ ।
उनीहरु विरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जि जारी भएसंगै प्रहरीले अनुसन्धान थालेको हो ।
संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलको समेत नाम आइरहेको यस उमागौरी सहकारीमा पूर्वसंलाक समेत रहेकी पोखरेल पत्नी अञ्जला कोइराला सहकरीको कालोसूचीमा छिन् । कोइरालाले सहकारी संकटमा परेपछि ५ माघ २०७८ मा संलाकबाट राजीनामा दिएकी थिइन् ।
प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान सञ्चालक समितिका ७ सदस्यहरु अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह सदस्यहरु आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
त्यस्तै लेखा समितिका ३ सदस्यहरु लेखा समिति संयोजक विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको र फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार, सहकारी–कृषि
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया