Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशतराई–मधेसमा छठ पर्व मनाउने शैली काठमाडौँको भन्दा अझै विशेष लाग्यो: महामन्त्री थापा

तराई–मधेसमा छठ पर्व मनाउने शैली काठमाडौँको भन्दा अझै विशेष लाग्यो: महामन्त्री थापा


वीरगञ्ज (पर्सा) । वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्वमा सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भयो भनेका छन् । नेपाली कांग्रेसका महामन्त्री थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् ।

“तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उनले भने, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।”

महामन्त्री थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली काठमाडौँको भन्दा अझै विशेष रहेको बताए । “काठमाडौँको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उनले भने, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।”

जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको महामन्त्री थापाले बताए । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उनले भने, “काठमाडौँको कमलपोखरीमा सजावट हुने गरे पनि त्यहाँको भन्दा यहाँ भव्य र सभ्य रहेको पाए ।”


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x