नारायणगढ–मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार शुक्रबार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
राससका अनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया