Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण

समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण


काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुदे विवरण बुझाउन दिएको समय सकिए पनि कुलमानले नबुझाएको पाईएको छ ।

असोज २३ गते ऊर्जा मन्त्री दीपक खड्काले विद्युत प्राधिकरणसँग १५ बुँदे विवरण मागेका थिए । असोज ७ गते १५ दिनको अवधि सकिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दशैं बिदाका कारण नभ्याएको भन्दै थप समय मागे ।

पहिलो पटक दिएको १५ दिनको समय सकिएको दुई सातामा पनि उनले विवरण बुझाएका छैनन् ।’ऊर्जा मन्त्रालयले प्रबन्ध निर्देशक घिसिङलाई विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण समेत मागेको थियो। विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरण, विगत ४ वर्षदेखि प्रबन्ध निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको विवरण लगायतका विवरण मागेको थियो ।

कुलमानले सरकारले भनेको कुरा अटेर गरेको मन्त्रीपरिषद्को बुझाई रहेको छ । मन्त्रीपरिषद्मा उनलाई हटाउने प्रस्ताबमा छलफल गरेपनि बाहिर निणर्य भने सरकारले गरेको थिएन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x